dhaniram sharma
धनिराम शर्मा ( ऋतुविचार )

सरकारी  नीति अनुसार प्रत्येक क्षेत्रमा अन्तराष्ट्रिय स्तरका एक÷ एक वटा क्षेत्रिय विमानस्थल बनाउने  भनिएपनि मध्यपश्चिमान्चल विकास क्षेत्रमा अझै निर्माण हुन सकेन । अनुकुल भूगोल, हावापानीसंगै प्राविधिक अनुकूलताले निकै उत्तम मानिएको दाङमा सरकारले विमानस्थल निर्माण गर्ने प्रकृया अगाडि बढाएपनि परिणाम अझै हात लाग्न सकेको छैन । समग्र मध्यपश्चिमको कृषि पर्यटन आधार मानिने दाङमा अन्तरािष्ट्रय स्तरको विमानस्थल बनाउने सरकारी योजना जिम्मेवारहरुको बेवास्ताकारण कागजमै थन्किएको हो ।

20001106_135107तत्कालीन झलनाथ खनाल सरकारका पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको पहल तथा निजी क्षेत्रका अगुवाहरुको सक्रियतामा दाङको नारायणपुरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्न प्रारम्भिक सर्वेक्षण भएको थियो ।तत्कालीन आन्तरिक विमानस्थल विभागका उपनिर्देशक धर्मेन्द्र पाण्डेको नेतृत्व विमानस्थल निर्माणको संभाव्यता अध्ययन भएको थियो । संभाव्यता प्रतिवेदनका आधारमा बिडिए कन्सल्टेन्सी काठमाण्डौले बिसं २०६८ चैत्रमा दाङको नारायणपुरमा विमानस्थल निर्माण गर्न उपयुक्त हुने भन्दै प्रारम्भिक सर्वेक्षण गरेको थियो , तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट, विभागका कर्मचारी, दाङ जिल्ला उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ लगायतको  समन्वयमा प्रारम्भिक सर्वेक्षण भएपनि प्रकृयाले गति लिन नसक्दा  बिस्तारै सेलाउदै गएको स्थानीय अगुवा दानबहादुर केसीले बताए,आम दंगाली मात्र होइन समग्र मध्यपश्चिमको विकासको आधार विमानस्थल बनाउने आयोजना पुरा हुन नसक्नु मुख्य गरि जिम्मेवारहरुले वास्ता नगर्नुले प्रारम्भिक सर्वेक्षणमा तुहिएको  केसीले बताए ।

20001106_135205दाङमा विमानस्थल बनाउन स्थानीय पहलसंगै  तत्कालीन  मन्त्री लोकेन्द्र विष्टको सक्रियताले  प्रारम्भिक सर्वेक्षण भएपनि राज्यले तदारुकता देखाउन नसकेको स्थानीय अगुवा माधव पाण्डेले बताए । शान्ति प्रकृयापछि मध्यपश्चिमले राज्यबाट धेरै अपेक्षा मध्ये विमानस्थल निर्माण बलियो आधार थियो तर राज्यलाई घच्घच्याउन मुख्य गरि राजनीतिक नेतृत्वले सक्रियता नदेखाउदा विमानस्थलको आयोजना तुहिएको पाण्डेले जिकिर गरे ।

के भन्छ त निजी क्षेत्र ?
प्रारम्भिक सर्वेक्षण पछि हालको त्रिपुर नगरपालिका नारायणपूर बजारको उत्तरखण्डमा विमानस्थल बन्ने पक्का पक्की भएको थियो, गुज्रेखोलादेखि हापूरखोलासम्म विमानस्थल विस्तार हुने भनिएको थियो , तत्कालीन विभागको टोलीले गरेको सर्वेक्षण अनुसार विमानस्थल पाँच किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको रहने प्रतिवेदनमा उल्लेख छ, यद्यपी मुख्य गरि राजनीतिक नेतृत्वको उदाशिनताले नै दाङले विकासको प्रगति गर्न नसकेको आरोप लागिरहेको छ, पर्यटन क्षेत्रको अगुवा निजी क्षेत्रको नेतृत्वले पनि कदम उठाउन नसक्नुले पनि विमानस्थल निर्माणको योजनाले फाइलमै थन्किएको निजी क्षेत्रका अगुवाहरु स्विकार्छन् । राजनीतिक नेतृत्वले बेवास्ता गरेपनि नागरिक तहबाट दबाव हुन नसक्नाले पनि बेलैमा विमानस्थल बन्न नसकेको उनीहरुको ठहर छ  ।

dangपाँचवर्ष अघि अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने जस्तो राष्ट्रिय गौरवको आयोजना घर आँगनमा आँउदा पनि निजी क्षेत्रले कदम उठाउन सकेन् यसैमा पनि जिल्ला क्षेत्र देशको समग्र विकास र समृद्धिको लागि राजनीति गर्ने दलहरुले नै बेवास्ता गर्दा राष्ट्रिय गौरवको आयोजना तुहिएको घामजस्तै छर्लङ्गगै छ  । विशेष गरि राजनीतिक नेतृत्वले गम्भीरता देखाउन नसक्नाले मुद्दा ओझेलमा  परेको नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल डाँगीले बताए, समयमै विमानस्थल आयोजना कार्यान्वयन हुन नसक्नुले समग्र दाङ मात्र होइन सिंगो मध्यपश्चिमको कृषि। उद्योग र पर्यटनका सबै संभाव्यताहरु खेर गईरहेको डाँगीले प्रतिक्रृया दिए । ओझेलमा पर्नुमा निजी क्षेत्र पनि दोषी भएपनि मूख्य गरि दलका नेताहरुले विकासको सवालमा पहल लिनु पथ्र्याे हुन सकेन अनि घरआँगनका अवसरहरु पनि खेर गईरहेका छन् डाँगीले भने ।

घरआँगनमै अन्तराष्ट्रिय स्तरको विमानस्थल बन्ने प्रसंग सेलाउदै जानुमा विशेष  गरि राजनीतिक नेतृत्व नै जिम्मेवार छ, यसका साथै निजी क्षेत्र  र स्थानीय अगुवाहरुको भूमिका पनि प्रभावकारी हुन नसक्दा कृषि पर्यटन र उर्जाले बैभव मानिने मध्यपश्चिमान्चल विकास क्षेत्रको केन्द्र दाङ ओझेलमा परेको हो । विमानस्थल निर्माण हुन सके प्रादेशिक राजधानीको संभावनासंगै  विश्वको आर्थिक तथा पर्यटन बजारमा दाङलाई सिधा जोड्न सकिन्छ ।

आर्थिक सामरिक महत्वले अर्थ राख्ने दाङमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रकृया अगाडि नबढेको त होइन तर  जिम्मेवारहरुको हेलचेक्र्याईका कारण विमानस्थल कागजमै थन्किएको छ, विभागमा फाइल बनेर निदाएको छ, फाइललाई अगाडि बढाउने र दबाव दिने कोही नहुँदा विमानस्थलको आयोजना सपनामै कैद भएको छ । मध्यपश्चिमको पर्यटन विकासको गतिलो आधार विमानस्थल निर्माण गराउन विगत पाँच वर्ष यता कसैले सिन्को उठाउन सकेका छैनन, सिन्को पनि नउठ्दा प्रगति हुन सकेन्, पर्यटन क्षेत्रको अगुवा मानिने निजी क्षेत्र  पनि विमानस्थलको मुद्दामा खासै सक्रियता नदेखाएको आरोप लागि रहेको बेला दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्क बुढाथोकीले जसरी पोखराले बीस वर्ष लडेर अहिले  विमानस्थल निर्माणको आयोजनालाई कार्याान्वयन गर्दैछ आफूहरु पनि त्यसैगरि संघर्ष गरेर विमानस्थल निर्माण गर्न राज्यलाई बाध्य पार्ने बताए, दाङमा विमानस्थल बन्ने कुरा आम मध्यपश्चिमबासीको नैसर्गिक अधिकार भएकोले राज्यले यसबाट खुट्टा उचाल्न नपाउने बुढाथोकीको जोड छ । भौगलिक अनुकुलता, जग्गा प्राप्तीको सहजताले प्रस्तावित आयोजना पुरा गर्न मुआब्जाको  ठूलो आर्थिक भार नपर्ने बुढाथोकीले बताउदै  विमानस्थल निर्माणको लागि निजी क्षेत्र सदैव तयार भएकोले राज्यले आफ्नो दायित्व पुरा गर्न अब बिलम्व नगर्न सुझाए ।

 के भन्छन् त राजनैतिक दलका जिल्ला नेतृत्व ?
यद्यपी यतिबेला तुल्सीपुर टरिगाँउमा विमानस्थल संचालनमा नभएको होइन तर आन्तरिक विमानस्थल र अन्तराष्ट्रिय विमानस्थलको प्रसंग भिन्न हुन्छ, प्रभाकारीरुपले संचालनमा आउन नसकेको टरिगाँउलाई व्यवस्थित हुन नसकेको बेला अन्तराष्ट्रिय स्तरको विमानस्थलको प्रसंग कतिलाई अनौठो  पनि लाग्न सक्छ तर राज्यको नीति अनुसार नारायणपुरमा सर्वेक्षण गरिएको अन्तराष्ट्रिय विमानस्थलको मुद्दा भने यतिबेला सेलाउदै गएको छ, सरोकारवालाहरुका चासो नहुन,ु राज्यको नीतिअनुसार कार्यान्वयन पक्ष बलियो हुन नसक्ता विमानस्थलको विषय छाँयामा पदै गएको हो ।

dangप्रारम्भिक सर्वेक्षण गर्ने बिडिए नेपाल कन्सल्टेन्सीले दिएको प्रतिवेदन अनुसार प्रस्तावित नाराणपुरको क्षेत्र निकै अब्बल मानिएको छ, भौगलिक तथा प्राविधिक अनुकुलताले अब्बल मानिएको क्षेत्रमा विमानस्थल निर्माण गर्न तत्कालिन अवस्थामा अठार सय घर घुरीलाई मुआब्जा तथा उचित व्यवस्थापन गर्नु पर्ने आवस्यक देखिन्छ । यद्यपी विमानस्थल निर्माणको लागि अन्य स्थानहरु पनि उपयुक्त हुने अनुमान गरिएको छ, जग्गा प्राप्तीको हिसाबले सबै भन्दा गुठीका जग्गाहरु लिजमा लिएर पनि विमानस्थल संचालन गर्न सकिने संभावना बलियो भएको जानकारहरु बताँउछन् ।  तर मुख्य गरि राजनीतिक नेतृत्वको इच्छाशक्ति भए दाङमा मापदण्ड पुग्ने जुनसुकै स्थानमा बनाउन सकिने प्राविधिक निष्कर्ष पनि छ ।

विमानस्थलको विषय सबै भन्दा पहिले कंग्रेसले उठाएको कंग्रेस दाङका सचिव शंकर डाँगीले बताए, दीर्घकालीनरुपले निकै महत्व भएपनि पोखरा र गौतम बुद्ध विमानस्थल निर्माणको प्रसंगले ओझेलमा परेको डाँगीले प्रतिक्रृया दिए । तत्कालीनरुपमा तुल्सीपुरको विमानस्थललाई सुधार गर्दै नारायणपुरमा प्रस्तावित विमानस्थललाई निर्माण गर्न कंग्रेस लागि पर्ने उनले बताए । समय गुज्रीसकेपछि  जग्गा प्राप्तीको विषयहरु अलिक जटिल बन्दै जाने भएकोले यसलाई अबिलम्ब कार्यान्वयनको प्रकृयामा लैजान जरुरी भएको उनको कथन छ ।

दलहरु झिनामसिना विवादमा अल्झिरहेको आरोप लागि रहेकोबेला जिल्लाको विकास आयोजनाहरु पुरा गर्न दलीय सहकार्य र एकताको विकल्प नभएको नेकपा एमाले दाङ अध्यक्ष टिकाराम खड्काले बताएका छन् , दाङमा महानगरपालिकाको प्रस्ताव आफूले राखेको बताउदै त्यही अनुसारको पूर्वाधारहरु विमानस्थल निर्माण, सडक स्तरउन्नतीको लगायतका मुद्दामा एमाले कहिल्यै पछि नपर्ने  प्रतिक्रृया दिए । प्रारम्भिक सर्वेक्षण भएको नारायणपुरमा विमानस्थल निर्माणको सरकारी योजनालाई पुरा गर्न सबै दललाई विकास गर्नेमा प्रतिस्पर्धा होइन साझा धारणा बनाउन आह्वान गरेको उनको जिकिर छ, अहिलेसम्मको प्रगतिको सवल र दुर्वल पक्षको समिक्षा गर्दै आगामी दिनमा विमानस्थल लगायतका विषयमा दलहरुबीचको सहकार्य एकता निर्माण गर्न एमाले तयार भएको उनले प्रतिक्रृया दिए ।

untitled-1तत्कालीन समयमा राजनीतिक नेतृत्व निजी क्षेत्र र स्थानीयको पहलमा प्रारम्भिक सर्वेक्षण भएको हो, यद्यपी यसलाई कार्यान्वयन चरणमा पुराउन दलीय तदारुकता हुन सकेन भने स्थानीयले पनि यसलाई दबाव दिन नसक्दा विमानस्थल निर्माणले पूर्णता पाउन नसकेको आम प्रतिक्रृया छ , यतिमात्र होइन पहिलो संविधानभाको निर्वाचनमा दाङबाट निर्वाचित माओवादी महासचिव कृष्णबहादुर महरा वर्तमान सरकारको उपप्रधान तथा अर्थमन्त्री भएका छन्, उनको जन आधारको रुपमा चिनिने  दाङको नारायणपुरमा प्रस्तावित विमानस्थलको प्रक्रृया अवरुद्ध भएको छ, यस्लाई कार्यान्वयन गर्न उनका लागि नैतिक दबावकासाथै दायित्व पनि हो, उनले ल्याउने पूरक बजेटमा यसको सफल कार्यन्वयनको लागि बजेट लगायतका प्रक्रृयामा गम्भीराता देखाउनु आवस्यक छ।  स्थानीय दलका नेताहरुको दबाव नागरिक दबावको अभावले विमानस्थलको विषय छाँयामा परेको हो ।

आभेलमा परेको विषयलाई व्यवहारमा लागु गर्न राजनीतिक नेतृत्वकै जिम्मेवारी हो, विमानस्थल निर्माण प्रक्रृयामा दलीय उदाशिनता भएको प्रश्न उठीरहेको बेला  माओवादी केन्द्र दाङको सह–इन्चार्ज निर्मल आचार्यले आफूहरुले जिल्लाका १५ वटा महत्वपूर्ण एजेण्डा कार्यान्वयन गर्न लागि परेको बताए, मुख्य गरि  राष्ट्रिय गौरवको रुपमा रहेको नारायणपुरमा प्रस्तावित विमानस्थल, तुल्सीपुरमा प्रदेशस्तरीय डिपोको मुद्दालाई गम्भिरतासाथ लिएकोले छिट्टै प्रगति हुने प्रतिक्रृया दिए । विगतमा विमानस्थल लगायतका मुद्दा  सुस्ताएपनि अब कार्यान्वयन चरणमा लैजान माओवादी लागि परेको बताए, यसको साथै  सडक स्तरोन्नती, क्रिकेट खेल मैदान र जलभण्डारका विषयलाई समेत प्राथमिकरण गरिएकोले आगामी दिनमा समग्र जिल्लाबासी र दलहरुको सहकार्यबाट महत्वपूर्ण आयोजनाहरु पुरा हुने आचार्यले दावी गरे  ।

हो दाङमा संचालित टरिगाँउ विमानस्थलको स्तरउन्नतीसंगै दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु आवस्यक छ, राज्यको नीति अनुसार मध्यपश्चिमको दाङमा बनाउने प्रसंग न्योचित छ, त्यसका लागि राज्यले पनि प्रारम्भिक सर्वेक्षण समेत गरेको बेला कार्यान्वयन हुन ढीला गर्नु किमार्थ न्यायसंगत हुदैन तसर्थ सबै क्षेत्र र तप्काको पहलमा दाङमा अन्तराष्ट्रिय विमान स्थल निर्माणको योजना अबिलम्ब कार्यान्वयन गर्न मुख्य गरि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आम नागरिकको माग छ । कृषि पर्यटन र उर्जाले बैभव मध्यपश्चिमको आधार क्षेत्र दाङमा महत्वपूर्ण पूर्वाधार निर्माण गरि नागरिकको विकासको चाहानालाई पुरा गर्न अब जिम्मेवारहरुले खुट्टा नकमाउन  नागरिकको आग्रह छ ।