cpn-umlतुलसीपुर २८ कात्तिक । नेकपा एमाले दाङका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहण हुने भएको छ । एमाले दाङका अध्यक्ष टिकाराम खड्काले एक बिज्ञप्ती जारी गरी कार्तिक २९ गते भालुवाङमा सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

१२ औँ जिल्ला अधिवेसनवाट सर्वसम्मत निर्वाचित सदस्यहरुको सपथ ग्रहण हुने बिज्ञप्तीमा उल्लेख छ । उनले निर्वाचन आयोगवाट प्रस्तावित ६७ सदस्यीय जिल्ला कमीटिको सपथ ग्रहण कार्यक्रम हुने छ । कार्यक्रमको प्रमुख अतिथि एमालेका केन्द्रिय उपमहासचिव तथा प्रदेश नम्बर ५ का संयोजक विष्णु पौडेल रहने जानकारी दिए ।

दिउसो १ बजे आयोजित बैठक तथा कार्यक्रममा उपस्थितीका लागि ६७ सदस्यिय पदाधिकारी, सदस्य, लेखा प्रमुख र निर्वाचन प्रमुखलाई अध्यक्ष खड्काले सबैलाई आग्रह गरेका छन् ।