काठमाडौ, २८ कार्तिक । भारु पाँच सय र एक हजारको नोटको प्रतिबन्धित भएपछि नेपालमा नुनको अभाव हुने हल्ला फैलिएपछि सर्वसाधारहरु आतिएका थिए । तर त्यो हल्लाले आतिनु नपर्ने साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ६ महिनासम्म पुग्ने नुन मौज्दात रहेको बताएको छ ।

salt-godam

घोराहीस्थित साल्ट ट्रेडिङको गोदाम

बजारमा आयोडिनयुक्त नुनको हाहाकार हुने र भाउ बढ्ने हल्ला फैलिरहँदा कर्पोरेशनले अहिले पनि ९० हजार मेट्रिकटन नुन स्टक रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

व्यापारीले अनुचित लाभ लिन यस्तो हल्ला फैलाएका कारण अहिले सर्वसाधाणमा त्रास देखिएको छ । दैनिक जीवनमा सवैभन्दा अत्यावश्यक नुनको अभाव हुने हल्लाले सवैमा त्रास देखिएको हो । तर, कर्पोरेशनले भने यो हल्लाको पछि नलाग्न र नुनको अभाव नहुने भन्दै सर्वसाधारणलाई आग्रह गरेको छ ।