ranjit-rae

काठमाडौं, २८ कात्तिक । कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै भारतीय राजदूतावास पुगेका नेपालीहरुको ज्ञापनपत्र बुझ्न राजदूत रञ्जीत रे डराएका छन् ।

आइतबार दूतावास पुगेको ग्रटेर नेपाल राष्ट्रवादी मोर्चाको टोलीसँग भारतीय राजदूतले भेट्न नमानेका हुन् । उल्टै उनले प्रहरी लगाएर पक्राउ गर्न लगाएका छन् ।

दूतावास पुगेका गेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल, अधिकारकर्मी मनोजकुमार राउत, आकाश चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

greater-nepal

ग्रेटर नेपालको समूह ।

महानगरीय प्रहरी वृत्त लैनचौरको हिरासतमा रहेका गेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले ज्ञापनपत्र बुझ्न भारतीय राजदूत डराएको बताए । ‘ज्ञापनपत्र बुझ्न मानेनन् । प्रहरीलाई भनेर हामीलाई गेटबाट हटाउन लगाए,’ उनले भने ।

यता लैनचौर प्रहरीले उनीहरु बेलुकासम्म छुट्ने जनाएको छ ।

लामो समयदेखि कालापानीमा अतिक्रमण गरेर बसिरहेका भारतीय सेना हटाउन माग गर्दै गेटर नेपालका अध्यक्ष नेपालको नेतृत्वमा दूतावासमा ज्ञापन पत्र बुझाउन पुगेको थियो ।