bhagawan-koirala-dr

काठमाडौं, २८ कात्तिक । सरकारले अंगीकृत नागरिकलाई राज्यका ९ मध्ये ६ पद दिनेगरी संविधान संशोधन प्रस्ताव दर्ताको तयारी गरेको छ ।

प्रधानमन्त्री सम्बद्ध स्रोतका अनुसार अहिलेको संविधानले निषेध गरेका ९ मध्ये ६ पद अंगीकृतलाई दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारको प्रस्ताव छ । यसमा सहमति जुटाउन प्रधानमन्त्री आफै सक्रिय छन् ।

वैवाहिक अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकाय प्रमुख बाहेक अन्य पदमा प्रमुख बन्ने पाउनेगरी संविधान संशोधन गर्ने सरकारी तयारी छ ।

संविधानको धारा २८९ मा अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्य मन्त्री, प्रदेश सभामुख र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाइएको छ ।

डाक्टर भगवान कोइरालाले गरे विरोध

यसैबीच अंगीकृतलाई प्रमुख पद दिने प्रचण्ड सरकारको प्रस्तावको चर्चित डाक्टर भगवान कोइरालाले विरोध गरेका छन् । अंगीकृतलाई ६ पद दिने तयारीसम्बन्धी समाचार पढेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै विरोध गरेका हुन् ।

उनले लेखेका छन्– ‘अंगिकृत नागरिकलाईं देशका प्रमुख पद दिए १५ बर्षमा नेपालको नाम नेपाल अंचल हुनेछ ।’

– See more at: http://www.dainiknepal.com/2016/11/193109.html#sthash.Fff1DluE.dpuf