कुशुम वि.क.
बर्दिया कार्तिक २८ गते । पसल बन्द गराउदै हिडने नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपा माओवादिका ४ जना कार्यकर्तालाइ बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

बजार बन्द गराउदै हिडने नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपा माओवादिको भात्रृ सगठन जिल्ला युवा कमिटिका सदस्य वासगढि नगरपालिका वार्ड न ८ का २७ वर्षिय चक्रबहादुर खत्रीलाइ गुलरिया नेपालगञ्ज सडक खन्ड अन्तर्गत बर्दियाको मैनापोखरबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

राष्ट्रिय युवा जन सेवक सगठन सदस्य  गुलरिया नगरपालिका वार्ड न ८ का ३२ वर्षिय नविन राना जिल्ला प्रहरी कार्यालय अगाडि पसल बन्द गराउदै हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो यसैगरी नेकपा माओवादि नेत्रविक्रम चन्द विप्लव समुहका जिल्ला कमिटि सदस्य सुर्यपटुवा गाविस वार्ड न ७ का ४५ वर्षिय रमेश नेपाली जिल्ला प्रहरी कार्यालय अगाडि  र गुलरिया नगरपालिका वार्ड १ का ३२ वर्षिय श्याम बहादुर खत्री स्वयव सेवकलाइ पनि जिल्ला प्रहरी कार्यालय अगाडिबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यसै विच बन्दका कारण बर्दिया बाट छुटने लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु चलेका छैनन भने विद्यालय पनि बन्द रहेको छ । फाटफुट रुपमा मोटरसाइकिल भने चलिरहेका छन । बर्दियाको सदर मुकाम गुलरिया , अन्य व्यपारिक क्षेत्रहरु सानो श्री , वासगढि , राजापुर , मैनापोखर र भुरिगाउ बजार पुर्ण रुपमा बन्द रहेका छन । यता प्रहरीले काठमान्डौ लगायतका स्थानबाट बर्दिया आएका रात्रिकालिन वस हरुलाइ आज विहान स्कटिङ गरी गन्तव्यमा पुर्याएको थियो ।