तुलसीपुर २७ कात्तिक । रेडियो प्राबिधिक संघ दाङले विजौरी ९ छिल्लीकोटमा अन्तरक्रिया कार्यक्रम गरेको छ । त्यहाँको कालिका मालीका मन्दिरको प्राङ्गनमा संस्कृति तथा ऐतिहासिक विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
सघंका कार्यवाहक अध्यक्ष माधव कडेलको अध्यक्षता तथा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुर्ण पुनको प्रमुख आथिथ्त्ता एबं रेडियो पाठशालाका स्टेशन म्यानेजर बामदेब देबकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै रेडियो प्राबिधिकहरुले आफुहरु मारमा परेको बताए । उनीहरुले आफुहरु काँचको पर्दामा मात्रि सिमित हुनु पर्ने बाध्यता रहेको बताएका थिए ।
संघका सदस्य हिमाल विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कालिका मालिका मन्दिरका कोषाध्यक्ष प्रविर पुन ,सचिव ओमप्रकाश पुन, मन्दिरका पुजारी जनार्दन शर्मा, रेडियो पाठशालाका प्राबिधिक कमल नेपाली, प्राबिधिक सघंमा सहसचिव मिसान सुनारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब राजकुमार चौधरीले गरेका थिए ।
