santoshसन्तोष ओली/तुलसीपुर २७ कात्तिक ।  महिला स्वास्थ्य परामर्श केन्द्रको प्रभावकारीताका बिषयमा तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । शुक्रबार तुलसीपुर नगरपालिका १३ को स्वास्थ्य चौकी भबनमा कार्यक्रम भएको छ ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बिकको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले साने उमेरमा बिबहा गर्दा महिलामा बढि स्वास्थ्य समस्या देखिने गरेको बताएका छन् । यस्लाई न्युनिकरण गर्न समाजमा हुने बालबिबहा  अन्त्य हुनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाली काग्रेस तुलसीपुर १३ का सभापति एमराज के.सी , नेकपा एमालेका नेता कमल के.सी , नेकपा माओवादीका खुम बहादुर रावत , वडा सचिब अर्जुन चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको बारेमा ओरेक नेपालकी दिपा धितालले जानकारी गराएकी थिईन । जनचेतना महिला सामुदायीक सस्था गौरीगाउ स्वास्थ्य चौकी , ओरेक नेपालको संयुक्त सहकार्यमा कार्यक्रम भएको थियो ।

जनचेतना महिला सामुदायीक सस्था दाङकी अध्यक्ष पुष्पा लामिछानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी गौरीगाउँका इञ्चार्ज बिष्णु गिरीले गरेका थिए ।