बर्दिया, २७ कात्तिक । बर्दियाको भुरीगाउँमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप भएको छ । भुरीगाउँलाई नगरपालिका कायम गर्नुपर्ने माग गर्दै गएको आज बिहीबारदेखि आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको हो ।
उनीहरु शनिबार पनि आन्दोलनमा उत्रिन सक्ने भन्दै बिहानैदेखि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीको नेतृत्वमा दुई झण्डै डेढ सय प्रहरी परिचालन गरिएको छ ।यस्तै नेपालगञ्ज प्रहरी गुल्मसहित छिमेकी ईलाका प्रहरी कार्यालय ढोढरी, बनियाभार, मगरागढि लयातका क्षेत्रबाट पनि प्रहरी आएको छ ।