काठमाडौँ, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्म, जाति र भूगोलका नाममा द्वन्द्व र झगडा मच्याउने काम नगरी आपसी एकता र समृद्धि अबको बाटो भएको बताएका छन् ।

kp-sharma-oli-300x193लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै ओलीले नेपालको जातीय विविधतालाई समृद्धि र एकताको रुपमा सदुपयोग गर्नुपर्ने बताए । ‘‘नयाँ संविधानले दिएका अधिकारको प्रयोग गरी समृद्धिको बाटोमा जान एकता चाहिन्छ । विभेद् र असमानताको अन्त्य गर्नुपर्छ’, ओलीले भने ।

अध्यक्ष ओलीले एकसय २५ जातजाति र भाषाभाषी तथा धार्मिक विविधताको देशमा साम्प्रदायिकता भड्काउने काम भएमा समृद्धिको बाटो प्रभावित हुने बताए ।