काठमडौ १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक सय दिने कार्यकाल उपलब्धिमुलक भएको दावी गर्नु भएको छ । प्रधानमन्त्री भएको एक सय दिन पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गर्दै यसबीचमा भएका कामकारबाहीको बारेमा जानकारी दिनुभयो ।
संविधान संसोधनका लागि दलीय सहमति जुटाउने काम जारी रहेको भन्दै उहाँले मधेसवादी दलहरुको माग सम्बोधन हुनेगरी सरकारले तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसद्मा दर्ता भएको अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउनका लागि दलहरुबीचको छलफललाई कायमै राखेको पनि उल्लेख गर्नुभयो ।
