काठमाडौं, २५ कार्तिक । शिक्षामन्त्री धनीराम पौडेलले अब बन्ने नयाँ शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकता दिइने बताएका छन् ।

dhaniramशिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सिकाइ समूहले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नयाँ विद्यालय खोल्नेभन्दा पनि भएका विद्यालयको व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित भएको बताए ।

पौडेलले शिक्षा ऐन ९आठौँ संशोधन०, २०७३ बमोजिम शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनको अन्तिम तयारी गरेको जानकारी दिएका छन् । यस्तै मन्त्री पौडेलले सरोकार भएका पक्षको सुझाव लिएर कानुन र अर्थ मन्त्रालयको रायपछि अर्को साता मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिए ।