काठमाडौं, २५ कात्तिक । जनक्रान्ति पूरा नभएको भनिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट युवा संगठनले भोलि शुक्रबारदेखि भ्रष्टाचारी र दलालीलाई कारबाही गर्ने घोषणा गरेका छन् ।

jhak-bahadur-malla-biplab-youthराष्टिय युवा जनस्वयंसेवकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक २७ गतेदेखि देशभर सामाजिक कारबाही गर्ने घोषणा गरेको हो । ‘राष्ट्रका लागि युवा’ नाम दिएर अभियानकै रुपमा भ्रष्टाचारी र दलालीलाई कारबाही गर्ने उसले घोषणा गरेको छ । ‘राष्ट्रका लागि युवा’ नामको अभियानमार्फत देशैभरका भ्रष्ट र दलालहरुको आश्रयस्थल खोजी सामाजिक कारवाही गरिने जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले बताए ।

पत्रकार सम्मेलनमा खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्न अखाद्य सामाग्री वितरण गर्ने, चर्को मुल्यमा विक्री गर्ने एवं कमिशनखोरहरुका भण्डारण खोजी गरेर सामाजिक कारवाही गरिने मल्लको भनाइ छ ।