काठमाडौंः बागेश्वरी संगीतालय बुटवलले नृत्यमा उत्कृष्ट प्रतिभा खोज्ने भएको छ । ‘अल नेपाल डान्स च्याम्पियन सिप’ मार्फत संगीतालयले नृत्य प्रतिभा खोज्न लागेको हो ।
मोफसलपछि मंसिर २ गते नेपाल सांस्कृति संघ कालिका स्थानमा अडिसन हुने संगीतालयका संस्थापक प्रिन्सिपल सुरेस सेन्चुरीले बताए । जुनियर र सिनियर दुई ब्याजमा एकसाथ आयोजना हुन लागेको प्रतियोगीताको जुनियर अडिसनमा १४ वर्ष भन्दा कम उमेर र सिनियर तर्फ १५ देखि ३५ बर्षसम्मका महिला तथा पुरुषले सहभागीता जनाउन सक्ने छन् ।
पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई १५ दिने बिभिन्न प्रशिक्षणमा सहभागीता गराइने छ । प्रशिक्षणकै क्रममा उत्कृष्ट १० समेत चयन हुन आयोजकको भनाई रहेको छ । प्रतियोगीताको जुनियर तर्फको बिजेताले दुई लाख नगदका साथमा मुम्बईको टेरेन्स लुइसको एकडमिमा एक महिना र सिनियर तर्फका बिजताले दुई लाख नगदका साथमा ३ महिना अध्ययनका लागि छात्रवृति पाउने छन् ।