काठमाडौं, २४ कार्तिक । ४५ औै अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । आज बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् ।

l_donald-trump-1468982153ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत प्राप्त गरेको सञ्चारमाध्यमहरुले बताएका छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो ।

ट्रम्पको जितसँगै अहिले हजारौं उनका समर्थकले खुशीयाली मनाइरहेका छन् । राष्ट्रपतिका लागि हिजो मतदान भएको थियो भने रातिदेखि नै मतगनन शुरु भएको थियो ।