काठमाडौं, २४ कार्तिक । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ ।

maost-1प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो समय पार्टीमा बढ्दै गएको असन्तुष्टीका विषयमा छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा बढेको असन्तुष्टिलाई अन्त्य गर्दै देशमा जारी गतिरोधको समाधानमा लाग्न पार्टी पंक्तीको ध्यानाकर्षण गराउन बैठक बोलाएका हुन् । बैठकमा केहि दिन अगाडि पुर्व जनमुक्ती लडाकुहरुले गरेको आन्दोलन र उनिहरुका मागका विषयमा पनि छलफल हुनेछ ।