काठमाडौ, २४ कार्तिक – प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता लौह पुरुष गणेशमान सिंहको आज १०१ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।
गणेशमानले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक अर्का नेता कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कु’पछि पनि वीपी र गणेशमान सँगै आन्दोलनमा रहेका थिए । विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलन हाकेका गणेशमान सिंहलाई लौह पुरुषले चिनिन्छ । २०४६ सालको आन्दोलनमा सिंहको भूमिकालाई अविस्मरणीय मानिन्छ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्नका लागि सिंहको योगदानको प्रशंशा अहिले पनि उत्तिकै रहेको छ ।