कालिकोट, २४ कार्तिक । आवश्यकताअनुसार पुल नहँुदा कालिकोटका स्थानीयहरु तुइन चढ्न वाध्य भएका छन् ।

8b2fdfd8a40b44728476abf47d42062eकालिकोटमा तिला कर्णाली, हुम्ला कर्णाली यी दुई ठूला नदी र स–साना खोला धेरै छन् तर सबै ठाउँमा पुल छैनन् । जिल्लामा ८९ वटा झोलुंगे पुलको आवश्यकता रहे पनि २४ वटा मात्र पुल छन् । अझै ६५ वटा पुल आवश्यक रहेको जिविस झोलुंगे पुल शाखाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताए । “मागअनुसारका झोलुंगे पुल निर्माण गर्न सकिएको छैन ।” उनले भने, “बजेट अभावका कारण पुल निर्माणमा समस्या आएको छ ।”

जिल्लाबाट हुम्ला कर्णाली र तिला कर्णाली बग्ने वारपार बस्ती भएका कारणले यी दुई नदीमा झोलुंगे पुलको माग भए पनि बन्न नसकेको प्राविधिक न्यौपानेले बताए । जिल्लामा मागअनुसार झोलुंगे पुल निर्माण हुन नसक्दा तुइन विस्थापित हुन सकेको छैन । न्यून बजेट आउने गरेकाले मागअनुसार झोलुंगे पुल बन्न नसकेको हो ।