इन्द्रेणी संवाददाता
घोराही, १७ चैत । विद्यार्थीहरुले आइरन गेटको रुपमा परिचित प्रवेशिका परिक्षा (एसएलसी) आजदेखि देशभर सुरु हुदै छ । परिक्षाको लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आज विहान आठ बजेदेखि सुरुहुने परिक्षा ११ बजे सकिने छ । परिक्षाका लागि यस बर्ष जिल्लाका ४२ परीक्षा केन्द्रहरु निधारण गरिएको छ ।
दाङमा यस वर्ष जिल्ला वाट १४ हजार दुई सय ८६ जना विद्यार्थी परिक्षामा सहभागि हुँदैछन् । जसमा नियमित पाँच हजार हजार दुई सय ३० जना छात्रा र चार हजार छ सय ८६ छात्र गरी नौ हजार नौ सय १६ जना विद्यार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । त्यस्तै इक्जामटेड तर्फ दुई हजार नौ सय १२ छात्रा र एक हजार चार सय सय १८ छात्र गरी चार हजार तीन सय ७० जना विद्यार्थीहरु परिक्षामा सहभागि हुने भएका छन । यस वर्ष तीन सय ६७ जना विद्यार्थीहरुले एसएलसी परिक्षा दिनवाट बञ्चीत भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
त्यस्तै यस वर्ष प्राविधिक एलएलसी दिने विद्यार्थीहरुको लागि घोराहीको पद्मोदय पव्लिक उच्च माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निधारण गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । परिक्षा विहान ८ वजेदेखी ११ वजे हुने भएको छ । परिक्षाको सम्वन्धीत परिक्षा केन्द्रहरु उत्तर पुस्तीका पु¥याएसकेको कार्यालले जनाएको छ । परिक्षाको पहिलो दिन आज अङग्रेजी विषयको जाच दिने भएका छन ।
जिल्ला शिक्षा कार्यालय दाङले परिक्षाका लागि गर्नुपर्ने सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । परिक्षाका लागि आवश्यक पर्ने सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयसंग समन्वय भइसकेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्सालले जानकारी दिनुभयो । परिक्षाका लागि हरेक केन्द्रमा कम्तीमा पनि १० जना जनपथ प्रहरी परिचालन गरिनेछ ।