काठमाडौं, २४कार्तिक । आफूलाई प्रेम गर्न छोडि अरू केटासँग सम्बन्ध बढाएको भन्दै एक जनाले आफ्नै प्रेमिकालाई हत्या गरेका छन् । रामेछा ओख्रेनीका १९ वर्षिय मुक्तिनाथ लामिछानेले प्रेमिका सिमन्दुपाल्चोककी एलिसा नेपालीको हत्या गरेका हुने ।

276d59500e4f941957f9696cb0b545daहत्या गर्ने लामिछानेलाई हिजो मात्रै प्रहरीले पक्राउ गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका रेशम भन्ने लामिछानेलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसाको बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो । लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो ।