तुलसीपुर २२ कात्तिक । तुलसीपुरमा रहेको शिद्ध चमेरे गुफा प्रचारप्रसारका लागि तीन स्थानमा सुचना वोर्ड राखिएको छ । तुलसीपुुर १६ मुल्कोटमा रहेको ऐतिहाँसीक पर्यटकीय गुफाको प्रवेशद्धार रहेको तिन स्थानमा वोर्ड राखिएको गुफा संरक्षण समितिका सचिव ऋषिराम पुनले जानकारी दिए ।
बोर्डमा शिद्ध चमेरे गुफा यहाहरुलाई हार्दिक स्वागत गर्दछ , एसियाकै प्रसिद्ध पर्यटकिय स्थल गुफाका प्रमुख विशेषताहरु लेखिएको छ । गुफा अवलोकन गर्नका लागि प्रवेशद्धार तुलसीपुर नगरपालिका वडा नंबर १५ पर्सेनी , वडा नंबर २ आँखा अस्पताल जाने वाटो नजिक र तुलसीपुर हुदै सल्यान रोड स्थित हरनेटी बाट गुफा जाने बाटोमा वोर्ड राखिएको सचिव पुनले बताए ।
तीन तलाको एसियाकै ठुलो एवंम प्रसिद्ध गुफा, सुन्दर मनोरन्जन स्थल ,जस्तो सोच्यो त्यस्तै विभिन्न आकृतिहरु देख्न सकिनेलगाएतका गुफाका विशेषता वोर्डमा उल्लेख गरिएको समितिका सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिए ।
