इन्द्रेणी संवाददाता

दाङ, ३ जेठ । २०६९ मा एकिकृत नेकपा माओवादीवाट नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका दाङ सैघाका केदार जिसीले फेरी एमाओवादीमै सामेल भएको वताउनुभएको छ । २०६० सालदेखि एकिकृत नेकपा माओवादी सैघा गाँउ पार्टीको जिम्मा लिनुभएका केदार जिसीले २०६९ साल मंसिर महिनामा भएको चुनावमा काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।

CPIM-Flag-nat1आज एक प्रेस बिज्ञप्ती जारी गर्दै जिसीले नेपाली काँग्रेसभित्र सवहारा जनताप्रति काम गर्ने नभएको भन्दै फेरी माओवादी राजनितीमै फर्किएको उल्लेख गर्नुभएको छ । शान्ति सम्झौता पछि माओवादीभित्रको टुटफुट, २ लाइन र वैचारीक असहमति वढेपछि आफु काँगे्रसमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेछ छ । साथै विज्ञप्तीमा एमाओवादीले मात्र गरी दुखी जनताको पक्षमा काम गर्न सक्ने जिसीले दावि गर्नुभएको छ ।।