13439027_864545283689793_9028612999539112592_nसबिता सुनार /तुलसीपुर  २१ कात्तिक ।  रारा बचत तथा ऋण सहकारी संस्था तुलसीपुरको पाँचौ बार्षिक साधारण सभा तुलसीपुरमा भएको छ । संस्थाका उपाध्यक्ष तेज बिक्रम घर्तीको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत बिनोद कुमार पौडेलको प्रमुख आतिथ्यतामा राप्ती शान्ति उद्यानपार्क गणेशपुरमा साधारणसभा भएको हो ।

कार्यक्रममा प्रमुख आतिथि पौडेलले सहकारीका साधारणसभाहरु सदस्य केन्द्रित हुनुपर्ने बताए । उनले सहकारीहरु नीति र योजना निर्माण तहमा तल्लिन हुनुपर्ने बताए । कार्यक्रममा उनले  सहकारीहरु सदस्यद्धारा नियन्त्रित हुनु पर्ने पनि बताएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि गोबिन्द प्रसाद शर्माले सदस्यहरु एउटा सहकारीमा मात्रै आबद्ध हुनुपर्ने बताए ।  कार्यक्रममा राष्ट्रिय  सहकारी बिकास बोर्डका कार्यकारी सदस्य शुक्रराज भण्डारीले सहकारी संस्थाका साधारणसभाहरु कागजी बनाउनुपर्ने बताए ।  सहकारीका सदस्यहरु व्यवसायीक बन्नुपर्ने उनको भनाई छ । बचत तथा ऋण जिल्ला सहकारी संघ दाङका अध्यक्ष अञ्जन कुमार पौडेलले सहकारीलाई व्यवस्थीत बनाउन एकिकरण अभियान अगाडि बढाउनु पर्नेमा जोड दिए ।

यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका लेखा समिती सदस्य हुमा डिसिले सञ्चालक र शेयर सदस्यलेहरुले आ–आफ्नो कर्तव्य पुरा गरेमा मात्रै सहकारी मार्फत आर्थिक सम्बृद्धि हुने कुरामा जोड दिईन् ।

कार्यक्रममा राप्ती बिश्वासी बचत तथा ऋण सहकारी संस्थाका सचिव ईन्द्र बहादुर बुढाथोकी , सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर वली लगायतले मन्तब्य राखेका थिए । संस्थाका सञ्चालक भुवन केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक चन्द्र बहादुर डाँगीले धन्यबाद मन्तव्य ब्यक्त गरेका थिए ।

साधारण सभामा कोषाध्यक्ष टोप बहादुर घर्तीले आर्थिक बर्ष ०७२ ÷ ७३ मा १३ लाख ५१ हजार ४४ रुपैयाको कारोबार गरि ४३ हजार २ सय १८ रुपैया खुद बचत गर्न सफल भएको र आ व ०७३ / ७४ का लागी २१ लाख ८५ हजारको अनुमानित बजेट प्रस्तुत गरेका थिए  । सभामा संस्थाका सचिव हरी प्रसाद भुसालले प्रगति प्रतिवेदन र लेखा समितीका संयोजक दिपक कुमार गौतमले लेखा समितीको प्रतिवेदन प्रस्तुत गरेिका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव हरि प्रसाद भुसालले गरेका थिए ।

अध्यक्षमा घर्ती

सस्थाको शनिबार भएको साधारणसभाले टोप बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समितीको चयन गरेको छ ।

जसको उपाध्यक्षमा हरी प्रसाद भुसाल, सचिवमा मिन बहादुर केसी, कोषाध्यक्षमा कल्याण भण्डारी रहेका छन् । सदस्यहरुमा संगीत बस्याल, प्रेम प्रसाद रिजाल, गंगा खड्का, सुनिल लामीछाने, नेत्रा घर्ती र भद्र बहादुर वली रहेका छन् ।

साधारणसभाले भुवन खत्री संयोजक, मदन कुमार श्रेष्ठ र यज्ञ वहादुर केसी सदस्य रहेको तिन सदस्यीय लेखा समिती समेत गठन गरेको छ ।