make-softwareघोराही २१ कात्तिक ।  दाङमा सफ्टवयर निर्माणका लागि एक दिने वर्कशप भएको छ । बढदो प्रबिधिको बिकाशलाई मध्यनजर गरी गुगल आर्थिक सहयोग एंव गुगल डेभलपर दाङको आयोजनामा ६० भन्दा वढिलाई एन्ड्रवाईड सफ्टवयर निर्माण तालिम दिईएको हो ।

दाङमा विभिन्न सेवा भित्रिएकाले दक्ष जनशक्ति निर्माणका लागि तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निरज भुषालले जानकारी दिए । तालिममा राप्ती ईन्जीनेरिङ कलेज घोराही , अम्वीकेश्वरी कलेज , ईन्जीनेरिङ छात्र छात्राहरुको सहभागगिता रहेको भुषालले जानकारी दिए ।

अभियानका रुपमा मनाउदै आएको डेभलपर फेष्टिबलका रुपमा तालिमको आयोजना गरी दाङमा प्रविधिको पहुच पु¥याउने लक्ष्य रहेको उनले बताए । तालिममा सफ्टवर डेभलपर संरक्षण घिमिरेले प्रशिक्षण दिएका थिए । तालिममा क्रेटिभ टेक्नो सोलसुन , ई सेवा दाङ , महिन्द्रा टु हुईलर्स लगाएतको सहभागिता रहेको थियो ।