khane-pani

सतबरिया २० कात्तिक । सतबरिया १ बनगैंमा साना पुर्वाधार खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीहरुको दैनिकी सहज भएको छ । स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रमको साना पुर्वाधार कार्यक्रम अन्तरगतको वनगै खानेपानी योजना सञ्चालनमा आएपछि उनीहरु खुसि भएका छन् ।

उक्त योजना सञ्चालनमा आएपछि त्यहाँका महिलाहरुलाई दैनिकी चलाउन निकै सजिलो भएको खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष रामुकुमारी चौधरीले बताईन् । उनले भनिन‘ पहिले खानेपानी ल्याउन आधा घण्टा समय लाग्थ्यो भने हिजो आज पाँच मिनेट पनि लाग्दैन् । ’ पहिले खानेपानी ल्याउन २० मिनेटको बाटो लगाएर खोला, कुवा जानु पथ्र्यो अहिले आगणमै धारा आएपछि सहज भएको छ । ’

घरमै धारा आएपछि समयको वचत सगैं परिश्रम पनि कम लाग्ने गरेको छ । साथै शुद्ध पानी पिउन पाएको पनि त्यहाँका स्थानियले बताएका छन् । स्थानियवासी शेरबहादुर बुढाले भने ‘ पहिले कुवा फोहोर हुन्थ्यो त्यही पानी खाना बाध्य थियौ तर अहिले आगणमै मुहानको सफा पानी आउछ । ’

घर आगनमै धारा सञ्चालनमा आएपछि खेर गएको पानी करेसाबारीमा सदुपयोग गरेर ताजा तरकारी उत्पादन हुने गरेको पनि बुढाले बताए । उनले भने ‘ बिगतका बर्षहरुमा आगणमा तरकारी लगाउ भने पनि पानी हुदैन्थ्यो , अहिले भने आगणमै उत्पादन गरेको ताजा तरकारी खाना पाईएको छ । ’

मोटर लगाएर स्थानिय वनगै खोलाको कुवापानी त्यहाँ पानी ल्याईएको छ । जसबाट वनगैका एक सय घरधुरी लाभाम्बित छन् । घरमै धारा वितरण भएपछि वनगैका स्थानियको दैनिकी सजिलो भएको गाविसका समाजिक परिचाक विष्णु वस्नेतले जानकारी दिईन् । कुल १० लाखको लगानीमा उक्त योजना पुरा गरिएको हो ।