एजेन्सी, २० कार्तिक । अमेरिकाले अल कायदाका एक वरिष्ठ नेता फारुक अल कतानीलाई मारेको दावी गरेको छ । कतानीको मृत्यु अफगानिस्तानको कुनार प्रान्तमा गरिएको हवाई हमलामा मारिएको दावी गरेको हो ।
अमेरिकाका अनुसार कतानी पू्र्वी अफगानिस्तानमा उनी चरमपन्थीहरु माझ ठूला नेताका रुपमा परिचित थिए । यो हमला अक्टोबरमा गरिएको थियो । यो हमलापछि यसमा अल कायदाका एक अर्का नेता बिलाल अल उतबीलाई पनि निशाना बनाइएको थियो ।
