dhaniram sharma
धनिराम शर्मा ( ऋतुविचार )

कृषि पर्यटनको प्रवल संभावना रहेको दाङ हनि टुरिज्मको उत्कृष्ट गन्तव्य बन्न सक्छ, राज्यको दीगो नीति र नीतिको कार्यान्वन हुन सके प्राकृतिक र सांस्कृतिकरुपले मनोरम दाङलाई देशकै हनिजोनको रुपमा परिचित गराउन सकिन्छ, ग्रामीण पर्यटनको प्रवद्र्धनसंगै कृषि र  पर्यटनलाई थप व्यवसायीक बनाउदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिन्छ । तसर्थ कृषि पर्यटनको बलियो संभावनाको अधिकाअधिक उपयोग गर्ने बाताबरण बनाउन सबैले पहल गरौ ।

hony-tourism

कृषि हबको संभावना भएको दाङ हनि टुरिज्मको पकेट क्षेत्र बन्न सक्ने सम्वद्धहरु बताँउछन् अनुकुल, न्यानो मनोरम हावापानी तोरी लगायतका अन्य फूल फूल्ने बनस्पतिको उर्वर क्षेत्र भएका कारण दाङ मह उत्पादनमा अब्बल मानिन्छ । सांस्कृतिक र धार्मिक पर्यटनको हिसाबले उत्कृष्ट मानिने दाङ कृषिमा आधारित पर्यटन विकासको पनि प्रवल संभावना भएकोले हनि टुरिज्मको अवधारणा अनुसारका कार्यक्रम बन्न सके दाङ देशकै उत्कृष्ट हनिजोन बन्न सक्ने उनीहरुको मत छ ।
20160618_133129एशियाकै ठूलो उपत्यका दाङ र  देउखुरी भौगलिक सुगमता,प्राकृतिक सांस्कृतिक रुपले वैभव रहेको दाङ जिल्ला मह उत्पादनमा देशकै अग्रणी स्थानमा रहेको  सरकारी तथ्याँक  छ, कृषिका सबै आयामले समृद्ध दाङको कृषि ब्राण्ड मह बन्न सक्ने भएकाले दाङलाई हनि टुरिज्मको रुपमा पनि प्रवद्र्धन गर्न सकिने कृषि– पर्यटन सम्बद्धहरुको प्रतिक्रृया छ । पछिल्लो समय यूवा कृषकहरु माहुरी पालन व्यवसायमा आकर्षित भएका छन्, मौरी पालनमा देखिएको यूवा आकर्षणलाई थप व्यवसायीक बनाउन कृषिसंगै पर्यटनको विकास गर्न सके सुनमा सुगन्ध हुने उनीहरुको मत छ । कृषिको बजारीकरण,विविधकरणसंगै व्यवसायीकरणलाई विश्व बजारसम्म पुराउन हनिजोनको अवधारणा कार्यान्वयन हुनु पर्नु उनीहरुको धारणा छ ।

पर्यटन आफैमा मानवीय जिज्ञासा, कोतुहुलता,असिमित,  र परनिर्भर उद्योग भएका कारण यसको सिधा सम्बन्ध कृषिसंग पनि जोडिने गर्दछ, विशेष गरि स्थानीय परिचय पहिचान भएका मौलिक उत्पादनहरुको पर्यटन बजारमा ठूलो मूल्य रहन्छ । पर्यटनको विश्व बजारमा स्थानीय(रैथाने) वस्तुको अत्याधिक माग हुने गर्दछ, स्वस्थकर प्रकृतिजन्य गैर कृतिम अथवा अर्गानिक हुने भएकोले बजार प्रवद्र्धनको निकै महत्व हुने गर्दछ ।
20160618_133540
कृषि उद्यममा मौरी व्यवसायले सफलता हात पार्दै गएपछि युवाहरु तानिएका हुन् । आर्थिक उर्पाजनसंगै मौरी बास स्थान तथा चरण क्षेत्र हनि टुरिज्मको राम्रो पकेट क्षेत्र बन्न सक्दछन्, यद्यपी हनि व्यवसायलाई पर्यटन बजारसंग जोडेर व्यवसायीक विकास गर्न भने अहिलेसम्म खासै पहल नभएको विज्ञहरु बताँउछन् । सबैको आकर्षणको गन्तव्य बनाउन दाङको विशिष्ट परिचय मह नै बन्न सक्ने उनीहरुको तर्क छ, देशकै उत्कृष्ट मह दाङमा उत्पादन हुने भएकोले महलाई दाङ चिनारीको रुपमा प्रवद्र्धन गर्न सकिने मत छ । दाङ भ्रमण गर्ने पाहुनालाई महको कोसेली दिन सकिने कृषि पर्यटन सम्बद्ध व्यवसायीहरु बताँउछन्, पर्यटन बजारमा राम्रो ब्राण्डिङ गर्न सके राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पुराउन सकिन्छ । पछिल्लो समय दाङ मह उत्पादन र बजारमा सफल बन्दै गएकोले दाङलाई हनी जोनको रुपमा विकास गर्न सकिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले बताए । सरकारी तथा निजी क्षेत्रको पहलमा मह उत्पादनमा दाङ अब्बल बन्दै गएको छ बन्जाडेले भने यसलाई कृषि व्यवसायसंगै हनि टुरिज्मको रुपमा प्रवद्र्धन गर्न दाङको पहिचान बन्ने सक्ने उनको ठम्याई छ ।
20160819_084405-copy1
दाङमा हनिजोनको प्रवल संभावना भएको यूवा व्यवसायी माधव केसी बताउँछन्, कृषि र प्रकृतिमा रमाउनेहरुका लागि हनिजोन उचित गन्तव्य भएको उनले बताए, दाङ मात्र नभएर समग्र राप्ती नै मौरीको चरण तथा बासस्थानको अनुकुल छ। होमस्टेको विकास गरि टुरिज्मलाई प्रवद्र्धन सकिन्छ, अर्गानिक मह उत्पादनको हिसाबले दाङ निकै उचित हावापानी भएको स्थान भएकोले पूर्वाधारमा सुधार गरि विग फर्मबाट देशकै नमुना पकेट क्षेत्र बनाउन सकिने केसीको कथन छ । करिब डेढ दशकदेखि मौरी व्यवसायमा लागेका केसीले आफ्नै फर्मबाट वर्षेनी पन्ध्र टन मह उत्पादन गर्दछन् । मोरी पालनमा अनुसन्धानकर्मीको समेत हैसियत बनाएका केसीले कृषि पर्यटनको विकास गरि रोजगारीको श्रृजना गर्न सकिने धारणा राख्छन्, त्यसका लागि राज्यले पूर्वाधार निर्माण र उद्यमको बाताबरण बनाउनु पर्ने उनको सुझाव  छ ।

20160919_153612
दाङ भर उन्नत मौरीका दश हजार र स्थानीय मौरीका दुइ हजार घार रहेका छन्, जसबाट वर्षेनी करिब सवा तीन सय टन मह उत्पादन भैरहेको छ,  कुल उत्पादनमा करिब असी प्रतिशत निर्यात हुने गर्दछ भने बीस प्रति आन्तरिक खपत हुने गरेको तथ्याँक छ । दाङमा देशकै गुणस्तरीय मह उत्पादन हुने गर्दछ, दाङको महको काठमाण्डौ र पोखरामा अत्याधिक माग रहेको छ। विशेष गरि शरद ऋुतुमा काढेको मह बढी गुणस्तर हुने गर्दछ, कात्तिके महका नाँउले दाङको महलाई चिनिने भएकोले यसको माग बढी भएको व्यवसायीहरु बताँउछन् । पछिल्लो चरणमा बि फार्मिङमा यूवाहरुको आकर्षण बढेपनि सरकारी ध्यान भने पर्याप्त पुग्न सकेको छैन, सरकारी दीर्घकालीन नीतिको अभावमा कृषि पर्यटनको प्रवल संभावनालाई अपेक्षाकृतरुपमा विकास गर्न नसकिएको सम्वद्धहरुको प्रतिक्रृया छ ।

दाङभर व्यवसायीकरुपमा करिब ६० जना यूवाहरु मौरी व्यवसायमा संलग्न भएको तथ्याँक छ । यद्यपी अतिरिक्त मौरी पालन व्यवसाय गर्नेहरु दाङभर करिब अढाइ किसानहरु संलग्न रहेको अनुमान गरिएको छ । कृषिमा आधारित पर्यटनको विकास गर्न मौरी पालन व्यवसाय निकै उत्तम मानिन्छ, मौरी व्यवसायी पूर्णता प्राकृतिक श्रोतमा निर्भर रहने भएकोले पर्याबरण संरक्षणमा समेत टेवा पुग्ने जानकारहरु बताँउछन् । न्यानो चरिचरण गर्ने पर्याप्त स्थान तोरी खेति इत्यादीका कारण नेपालकै उत्कृष्ट हनिजोन भएको उनीहरुको तर्क छ । यद्यपी यसलाई कृषि पर्यटनको अवधारणाबाट व्यवसायीक विकास गर्न सके दाङलाई हनिटुरिज्म गन्तव्य बनाउने सकिने संभावना भएको उनीहरुको विचार छ ।

कृषि विकास कार्यालय दाङका मौरी विज्ञ पिताम्बर बस्नेतले दाङ  चितवनपछि मौरी पालनको उत्कृष्ट क्षेत्र भएको बताए, दाङमा मौरी पकेट जोनको रुपमा विकास गर्न प्रोफाइल तयार भैरहेकोले छिट्टै कार्यान्वन गरि हनि जोनको रुपमा विकास गर्न कार्यालय लागि परेको बताए  । कृषिको प्रवद्र्धनसंग आन्तरिक पर्यटनको विकासको समेत गर्न सकिने भएकाले दाङको स्थानीय उपजमा मह नै भएको उनको कथन छ ।