पोखरा- प्याराग्लाइडिङ सिक्दै गरेका एकजना युवाको स्याङजाको स्वरोक मैदान क्षेत्रमा दुर्घटनामा परी मृत्यु भएको छ ।

53bbb668853a5b339a85ee6bbeb23383पोखरा उप–महानगरपालिका–६ स्थित २५ वर्षीय शैलेस पहारीको प्याराग्लाइडिङ सिक्दै गर्दा दुर्घटनामा मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । हिजो शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा स्वरोक मैदानबाट एक्लै प्याराग्लाइडिङ गरेका पहारी अनियन्त्रित भई रुखमा ठोकिन पुगेका थिए ।

रुखमा ठोकिएर घाइते भएका उनको स्थानीय र प्रहरीले उनको उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी सहायक निरिक्षक मनोज पौडेलले बताए । उनका अनुसार पहारीको शव हाल पोष्टमार्टमका लागि स्याङजाको जिल्ला अस्पतालमा राखिएको छ ।