कुसुम बिक / बर्दिया
बर्दियाको गुलरिया स्थित बबइ नदिमा डुवेर वेपत्ता भएका एक वालकको शब १८ घन्टा पछि फेला परेको छ । बर्दिया गुलरिया नगरपालिका वडा न ८ निवासी अनिल चौधरीका छोरा ११ बर्षिय आशिष चौधरी हिजो स्थानिय बबइ नदीमा पिकनिक खान गएको अवस्थामा सोही नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बालक नदीमा डुबेर बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय बर्दिया लाइ प्राप्त हुन साथ नेपाल प्रहरी र शसस्त्र प्रहरी कार्यालयको टोली बाट उद्धार गर्न खटीएको बताइएको छ ।
उद्धार कार्य खटिएको दुबै टोलीले आज विहान करिब ८ वजेतिर पिकनिक खान वसेको स्थान देखि करिब २ किलोमिटर दक्षिण तर्फ शव फेला पारेको प्रहरीले जनाएको छ । शव पोष्ट माटम पछि आफन्तलाइ जिम्मा दिने बताइएको छ ।