जेठ, ३ दाङ
दाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सतबरीया ७ विजुलिपुर निवासि ५० बर्षिय जोगिराम चौधरी रहेको प्रहरीले बताएको छ ।
आइतवार दिउसो चौधरी आप टिप्न भनि रुख चढेको चौधरीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रकाश राज शर्माले बताउनुभयो ।
घाईते चौधरीको उपचारका लागि कोहलपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको उहाले बताउनुभयो ।।
