घोराही १९ कात्तिक । शुभ दिपावलीको अवसरमा दाङमा १५ लाख वरावरको कृत्रिम फूल भित्रिएको छ । पछिल्लो समय हजारी, मखमली, गुरधौली जस्ता फूलहरुको उत्पादन कमिसंगै वजारमा प्रशस्त कृत्रिम फूलहरुको भित्रिएको संघले जनाएको छ । संघका उपाध्यक्ष खड्गबहादुर वुढाथोकीले तिहारलाई सप्तरंगी टिका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ ।
तिहारलाई फूलको पर्वका रुपमा मनाईने प्रचलन रहेको भएपनि प्राकृतिक फूलको उत्पादन कमिसंगै कृत्रिम फुलहरुको आयात वढ्दै गएको उपाध्यक्ष बुढाथोकीले बताए । हेर्दा आकर्षक ,थरीथरीका रङहरुमा वनाएका ‘नक्कली फूल’कृत्रिम फुल यस वर्ष दाङमा आयात सदा भन्दा वढ्ेको वुढाथोकीले जानकारी दिए ।
तिहारका लागि घरघरमा लगाईने हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति नहुनु तर जनसंख्या भने बढ्दै जाँदा टिका लगाउने संख्या बढेकोले कृतिम फूलको आयात बढेको उनले बताए । उपाध्यक्ष वुढाथोकीले दाङमा कम्तिमा पनि १५ लाख रुपैंयाको कृत्रिम फूल तिहारको समयमा मात्रै भित्रिएको बताए । यो अघिल्ला वर्षहरुको तुलनामा १५ प्रतिशतले वढेको उनले बताए । प्राकृतिक फूलहरुको अभावमा मानिसहरु नचाँहादा नचाहाँदै पनि कृत्रिम फूलहरु किन्न बाध्य भएको बताए ।
दाजुभाई तथा दिदी बहिनीलाई लगाई दिने मालाको अभावमा कृतिम फूलहरुको माग बढेको उनले बताए । शहरका ठेला देखि सटर अनि पसलहरुसम्म व्यापार फूलको व्यापार राम्रो भएको उनले उपाध्यक्ष बुढाथोकीले बताए । संघका उपाध्यक्ष वुढाथोकीले भने ‘प्रत्येक वर्ष जसो यस वर्ष पनि वजारमा प्राकृतिक भन्दा कृत्रिम फुलहरु नै वढि थियो । ’
प्राय सवैका घरघरमा फुल रोप्न छोेडेपछि कृत्रिम फूलको माग वढ्दै गएको उनेको तर्क छ । उनले वजार भरी नै कृत्रिम फूलहरु थुप्रिएको देखिनु र गाँउ घरमा जग्गा तेसै पल्एिको देखिनु विडम्वना भएको बताए । घर आँगनमा मखमली र सयपत्री जस्ता फूलको बोट लगाउन पनि नजान्ने र कष्ट नगर्ने संस्कारका कारण यस्तो समस्या उत्पन्न भएको उनले बताए ।