161025024722_india_surgical_strike_kashmir_640x360_ap_nocredit
फाइल तस्वीर

सुर्खेत– जिल्लाको आग्रगाँउमा रहेको प्रहरी चौकीमा हमला भएको छ । स्थानीयले चौकीमा हमला गरेर हतियारसमेत कव्जा गरेका छन् ।

करिव ३० जना जतिको एक समूहले घरेलु हतियारसहित प्रहरी चौकीमा तोडफोड गरेका हुन् । गाउँले तीन वटा राइलफल, एक पेस्तोल र एक सय ५० राउन्ड भन्दा धेरै गोली लुटेका छन् । हिजो दिउँसो गाउँका युवा र प्रहरीवीच तनाव भएको थियो । प्रहरीले सात जनालाई नियन्त्रमा लिएको छ ।

यो घटना हिजो साँझको हो । जिल्ला प्रहरी कार्यलय सुर्खेतलाई घटनावारे हिजो राती नौ बजे नै जानकारी आएको थियो । त्यसलगत्तै प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घटनास्थलमा अहिले ठूलो सख्याँमा प्रहरी परिचालन गरिएको छ । सुर्खेतबाट उच्च प्रहरी अधिकारीहरु त्यहाँ पुगेका छन् ।  हिजो साँझ २५ जना र आज विहान २५ जना गरी ५० जना प्रहरी सदरमुकामबाट घटनास्थल पुगेका छन् । सुर्खेतका डिआइजी माधवप्रसाद नेपालले स्थानीय संचार माध्यमसँग कुरा गर्दै घटनाको पुष्टी गरेका छन् ।

रातोपाटीबाट