काठमाडौं । अमेरिकामा आठ नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचन पहिले गरिएको ‘मत सर्वेक्षण’ मा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प तथा डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन बीच कडा प्रतिश्पर्धा देखिएको छ ।

trump-hilary

अन्तर्राष्ट्रिय समाचार संस्था एबीसी न्यूजले गरेको एक सर्वेक्षणमा रिपब्लिकन उमेदवार ट्रम्पले आफ्ना प्रतिद्धन्द्धी हिलारी भन्दा एक प्रतिशत धेरै समर्थन पाएका छन् । दोस्रो सर्वेक्षणमा हिलारी क्लिन्टन ट्रम्पभन्दा अगाडि देखिएकी छिन् । दुई हप्ता पहिले हिलारी ट्रम्प भन्दा सात अंकले अगाडि थिइन् तर अहिले उनको ट्रम्पसँगको दूरी कम भएको छ ।

ट्रम्प तथा हिलारी अहिले त्यस्तो राज्यमा चुनाव प्रचारमा छन् जहाँको मत अन्तिम समयमा जता पनि जानसक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

हिलारीले फ्लोरिडामा चुनाव प्रचार गरिन् भने डोनाल्ड ट्रम्पले पेन्सिल्वेनियामा मतदातालाई आफ्नो पक्षमा लिने प्रयास गरिरहेका छन् ।
अनलाइनखबरबाट