कुसुम बिक / बर्दिया
बर्दियाको गुलरियामा अबैध हात हतियार सहित एक जना लाई पक्राउ गरिएको बताइको छ । बर्दियाको गुलरियामा बिहान करिब ६ बजेको समयमा स.प्र.से.बर्दियाबाट प्र.स.नि.धर्म बहादुर के.सि को कमाण्डमा खटीएको गस्ती टोलीले बिहान करिव ९ बजेको तिर बर्दिया गुलरिया ९ कृषि कार्यालयको पछाडि काठे पुल नजिक बस्ने २१ बर्षका भिम सुबेदीले हिडिरहेका प्रहरीलाई नै ताकेको अबैध हातहतियार ऐेयर पेस्तोल सहित बरामद गरेको जिल्ल्ँँ प्रहरी कार्यालय बर्दियाले जनाउको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद हातहतियार र सुबेदी लाइ जिल्ला प्रहरी कार्यालय बर्दिया बाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनु भएको छ ।











