काठमाडौं १७ कार्तिक । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका २० वर्षीय बिमल तामाङ रहेको मेहताले बताएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार १८ जनाको ज्यान जाने गरी भएको उरी घटनापछि जम्मु कश्मीरको नियन्त्रण रेखामा भएका गोलाबारीमा अहिलेस्म्म ८ सुरक्षाकर्मी र चार नागरिकको मृत्यु भएको छ ।
अनलाइनखबरबाट