14877669_625636620957602_1327634531_nदिपक बोहरा / तुलसीपुर १५ कात्तिक ।  नेपालीहरुको दोस्रो ठुलो महानचाड तिहार नेपालीहरुको घर दैलोमै छ । घरघरमा धुमधामका साथ तिहार मनाईदैछ । नेपालीहरुका महान पर्बहरु दशै, तिहार , छठ पर्ब मनाउन बिदेश तथा घर बाहिर रहेकाहरु पनि चाड मनाउछ घर आउने गर्छन् । यति बेला गाउ तथा शहर बस्तीहरुमा रमाईलो हु   14886217_625636657624265_530496138_nने गर्छ । धेरै बर्ष पछि भेट हुन नसकेका आफन्तीहरु संग पनि यस्ता पर्बहरुले भेट हुने सायद जुराउने गर्छन् । यति बेला तिहार हाम्रो घर दैलो मै छ ।

तिहारमा बिशेष गरी रंगको पर्ब भनेर पनि चिनिन्छ । यति बेला हाम्रा घरहरुमा झिलिमिल बलिरहेको छ । मिठा मिठा खानाका परिकारहरु पनि पाकिरहेका छन् । जस्ले गर्दा घरको बाताबरण पनि अन्य दिन भन्दा फरक छ । अहिले हाम्रा घर आगनमा देउसी भैलो खेल्नेहरुको ताँती छ । बजारहरुमा टिका तथा पुजाका सामानहरु किन्नेहरुको घुईचो छ ।

बजारमा तिहारका लागि चाहिने भाई मसला, आफ्ना दाजुभाईलाई दिने उपहारहरु, लत्ताकपडा र उपभोग्य सामान किनमेल गर्नेको संख्या बाक्लीएको हो । यो समयमा मैदा, गडी, सुकमेल, ल्वाङ, बदाम, छोडा , काजु लगायतका सामाग्रीहरु किन्नेहरुको घुईचो छ ।

बजारमा प्लाष्टिकका माला किन्नेहरुको पनि उत्तिकै घुईचो छ । यस्ले गर्दा तिहारलाई केही बिकृति थपेको हो कि भन्ने भान पनि भईरहेको सरोकारवालाहरु बताउछन् । हजारीको पर्ब भनेर पनि चिनिने तिहारमा प्लाष्टिकका माला प्रयोग हुनुले तिहारलाई बिकृति थपेको सरोकारवालाहरुले बताएका छन् । घर आगणमा हजारी लगाउने चलक हराउदै जाँदा पनि प्लाष्टिकका माला प्रयोग हुदै गएका छन् । जस्ले हाम्रो बाताबरण पनि प्रदुषण हुने कुरामा बाताबरणबिदहरु जोड दिन्छन् ।

14877655_625628734291724_2112011340_nसाथै बजार थर्किने गरी उफरबाट गीत बजाएर भैलो नाच्ने चलन पनि बढेको छ । बजार थर्किने स्वरले गीतहरु बजाउदा बजार क्षेत्रको ध्वानी पर्दुषण हुने गरेको छ । अर्को तर्फ भैलो खेल्ने चलन पनि परिबर्तन हुदै गएको छ । केही बर्ष पहिलो एउटाले भट्याउने अनी अरुले त्यसको तालमा देउसी भनेर भैलो खेल्ने चलन थियो तर केही बर्ष देखी उफरको गीत र रिमिक्स , पप , ¥यापमा नाच्ने प्रबृद्धि बढेको छ । जस्ले गर्दा पछिल्लो पुस्ताले देउसीको परम्परा भुल्दै गएको हो की भन्ने चिन्तामा छ । जे जस्तो भएपनि नेपाली पहिचान जोगाउनु हामी नेपालीहरुको कर्तब्य हो । तिहारलाई भटकिलो नबनाउ , सहद्र्ध बाताबरणमा तिहारलाई मनाउ र महान चाडको औचित्य जोगाई राख्न हामीले आफनो कर्तब्य निर्बाह गरौ ।