pranab-mukhargeeकाठमडौ १६ कात्तिक ।  सरकारले भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको उच्चस्तरको तयारी गरेको छ । सबै तयारी पुरा भएको सरकारले जनाएको छ । आज सबै सुरक्षा प्रमुखसँग गृहमन्त्रीले सुरक्षा तयारी बारे जानकारी लिनुहुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जी भोलि नेपाल उँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षासचिव श्रीधर सापकोटा, परराष्ट्रसचिव शंकरदास वैरागीले सुरक्षा योजनाकाबारेमा नेपाली सेनासित सोमबार जानकारी लिनुभएको छ । मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्चसतर्कताका तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तराट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई स्वागत् गर्नुहुने छ । भोलि नै राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नुहुने छ ।