कात्तिक १४ काटमडौ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय सातौँ जन्मजयन्ती आज विविध कार्यक्रमका साथ मनाइदैछ । विसं १९६६ कात्तिक कृष्ण औँसीका दिन महाकवि देवकोटाको जन्म भएको थियो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।
नेपाली साहित्यमा स्वच्छन्दबादको विकासमा महाकवि देवकोटाको भूमिका महत्वपूर्ण मानिन्छ । जन्मजयन्तीका अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।
उहाँका कृतिमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । देवकोटा जयन्तीका अवसरमा आज विभिन्न साहित्यिक संस्थाले विविध साहित्यक कार्यक्रमको आयोजना गर्ने गर्छन् । देवकोटा विसं २०१६ सालमा शिक्षा तथा स्वायत्त शासन मन्त्री बन्नुभएको थियो । त्यो समय उहाँले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनुभएको थियो ।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै लेखिएको ‘सुलोचना’ महाकाव्य र एकै दिनमा लेखिएको ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटालाई तुरुन्त कविता लेख्न सक्ने क्षमताका कारण आँसुकवि पनि मानिन्थ्यो ।
