राजविराज, १२ कार्तिक । गए राति मात्रै ३० किलो लागुऔषधसँग समातिएका एक तस्कर प्रहरीको औला काटेर फरार भएका छन् । सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकलीबाट खटिएको प्रहरी टोलीले गए राति ३० किलो लागुऔषध चरेससहित पक्राउ गरेका तस्कर प्रहरी जवान अरुण यादवको औलामा टोकेर चरेस छोडी फरार भएको प्रहरीले बताए ।
सप्तरीको विसनपुर–वोदे वरसाई सडकखण्ड अन्तर्गत मानराजा गाविसबाट भारततर्फ लैजाँदै गरेको ३० किलो चरेससहित ती तस्करलाई प्रहरीले पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरी र तस्करबिच केहीछिन घम्साघम्सी परेको र तस्करले सशस्त्र प्रहरी जवान अरुण यादवको औलामा टोकेर चरेस छोडी फरार भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका सशस्त्र प्रहरी उपरिक्षक जयवहादुर खड्काले जानकारी दिए ।
