बैतडी, १२ कार्तिक । बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा खर काट्ने बेला भिरबाट लडेर दुई महिलाको ज्यान गएको छ ।

virहिजो त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी ज्यान गएको हो भने बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रममा लडेर दशरथचन्द नगरपालिका–६ सन्कट्टेका हरिनाथकी ३० वर्षीया श्रीमती देवुनाथको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।