काठमाडौं – नेपाली नायिकाहरुले समय समयमा आफू चर्चामा आउन अनेकथरी गर्ने गरेका छन् । कसैले फेसन त कसैले नयाँ अभिनय र क्रियाकपाबाट । यसैक्रममा नायिका बर्षा राउतले पनि चर्चामा आउन एकथरी अपनाएकी छिन् ।

barsha-pal6वर्षले प्रेमी सार्वजनिक गरेपछि आफूले पहिलेको भन्दा धेरै चर्चा पाएको र धेरैको ध्यान आफूतिर केन्द्रित भएको बताएकी छिन् । यस बारे बोल्दै उनले भनेकी छिन्– सायद छक्का पञ्जाले पनि होला । त्यस बाहेक मैले प्रेमी सार्वजनिक गरेपछि पनि मेरो चर्चा बढेको हो ।

barsha-raut-with-boyfriend-sanjog-koiralaत्यस्तै उनले करिअरको सुरुवातमै प्रेमी सार्वजनिक गर्दा तपाईका फ्यानहरु घटेको चर्चा छ नि भन्ने प्रश्नको जवाफ दिँदै भनिन्– मलाई यो कुरामा विश्वास लाग्दैन । यदी कोही मेरो साँच्चिकै फ्यान छ भने मेरो प्रेमी भएपनि मेरो श्रीमान् भएपनि फ्यान त फ्यान नै हुन्छ । यसले केही फरक पर्दैन ।