सप्तरी, १२ कार्तिक । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनबाट मधेसका समस्या समाधान नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

rajendra-mahato-harekpalसप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महतोले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन गर्ने बताए ।

उनले सङ्घीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत बताए ।