काठमाडौं, १२ कार्तिक । अब  परिक्षण स्वास्थ्य चौकीमै हुने भएको छ । सरकारले मृगौला जाँचका लागि आवश्यक सुविधा र उपकरण चौकीहरू उपलब्ध गराउने भएपछि यस्तो सुविधा सर्वसाधारणले पाउने भएका हुन् । स्वास्थ्य चौकीमै यस्तो सुविधा उपलब्ध भएपछि सर्वसाधारणहरुलाई जिल्ला अस्पताल वा काठमाडौं धाउनुपर्ने छैन ।

kidney-5812a945cde340-74719060नेपालमा अस्वस्थकर खानपान र विभिन्न रोगका कारण मृगौलाको समस्याबाट ग्रसित हुनेको संख्या बढ्दोछ । स्वास्थ्य मन्त्रालयका अनुसार मृगौला परीक्षणमा प्रयोग हुने ुडिपिस्टिक कीट मनाङबाहेकका सबै जिल्लामा पठाइसकिएको छ । उक्त कीटका कारण स्थानीय तहमै मृगौला परीक्षण गर्न पाइने छ ।

मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशैभर पहिलो चरणमा २० लाखजनाको मृगौला परीक्षण गर्न पुग्ने गरी कीट पठाएको छ । महाशाखाका निर्देशक डा। भीमसिंह टिंकरीले भौगोलिक विकटताका कारण मनाङमा तत्कालै कीट पठाउन नसकिएको बताए । सरकारले सबै जिल्लामा उक्त कीटको व्यवस्था चार महिनाअघि नै गर्ने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।