एजेन्सी, १२ कार्तिक । उत्तरी इराकमा चरमपन्थी समूह आइएसविरुद्ध कारबाहीका क्रममा आइएसका करिब ८ सय लडाकू मारिएका छन् । अमेरिकी सेनाका अनुसार करिब २ हप्तादेखि जारी आइएसविरुद्धको कारबाही अभियानका क्रममा मोसुल सहरमा आइएसलाई बढी क्षेति भएको छ ।

_92051866_ap_iraq_forceआइएसको नियन्त्रणमा रहेको उक्त सहरमाथि आफ्नो कब्जा जमाउन इराकी सेनाले कारबाही जारी राखेको छ भने अमेरिकी सेनाले हवाई आक्रमण गरी सहयोग गरिरहेको छ ।

यसका साथै कुर्द अर्ध सैन्य बलले समेत आइएसविरुद्धको कारबाहीमा सहयोग गरेको छ । अधिकारीहरुका अनुसार मोसुल सहरमा सरकारी सेना आफ्नो नियन्त्रण जमाउन सफल हुने चरणमा पुगेका छ ।

हालसम्म मोसुल वरपरका गाउँमा कारबाही जारी राखेको सरकारी समर्थक सेना मोसुल सहर छिर्ने तयारीमा छ । मोसुलमा आइएस लडाकुको संख्या करिब ३ हजार ५ सयदेखि ५ हजारसम्म रहेको अनुमान गरिएको अमेरिकी सेनाले बताएको छ ।