मेलम्ची, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा हास्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरेकिछिन् ।

28102016111855giran-1000x0राष्ट्रपति भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती आज औपचारिक रुपमा कार्यक्रम आयोजना गरी व्यवस्थापन समितिका प्रमुख रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् । नमुना बस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएका कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बताए ।

ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको छ । गिरानचौर बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट ६ करोड १७ लाख रकम स‌ंकलन भएको कट्टेलले जानकारी दिए ।अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ ।