एजेन्सी, ११ कार्तिक । उत्तरी सिरियाको इदबिल प्रान्तस्थित हास गाउँमा हवाइ आक्रमणमा परि २० जना भन्दा बढी स्कुले विद्यार्थीको मुत्यु भएको छ । हवाई आक्रमण भएको सिरियाको इदलिब प्रान्तकोे गाउँमा सरकार बिरोधी लडाकुको बाहुल्यता रहेको छ ।
हवाई आक्रमणमा एक स्कूल र रिहाइशी इलाकालाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रसंघका लागि रुसका दुत विताली चुरकिनले सो आक्रमणमा रुसको संग्लग्नता नभएको बताए ।
यस्तै युनिसेफले सो आक्रमण सुनियोजित रुपमा गरिएको भए अपराध भएको बताएको छ । सिरियाको सरकारी टिभीमा सो हवाई आक्रमण चरमपंथी सरकार विरोधीलाई गरिएको र आक्रमणमा परि केही बिद्रोही मारिएको बताइएको छ ।