गोविन्द खड्का
घोराही, १२ कार्तिक । फोन सम्पर्क गर्नु सामान्य भईसक्यो । नेटसेवा मोवाईल मार्फत हातहातमा छ । बरु दु्रतगतिको चाहिएको छ । यहि जिज्ञासा, असन्तुटिलाई सम्वोधन गर्न नेपाल टेलिकमले पुरानो विटिएस हटाई नया थ्रिजी जडान गरेको जनाएको छ । फागुन भित्र फोरजि सेवा दिने दावि गरेको छ ।

रिचार्ज भैन, नेटवर्क व्यस्त छ, नेट चलिन जस्ता गुणासा आउन छोडेको नेपाल टेलिकम घोराही शाखाको भनाई छ । शुरुवातिमा कार्यालय समय संगै समस्याले घेरिने शाखा प्रमुख सन्तोष शर्मा आज भोलि खुशि देखिनु हुन्छ । सेवामा आएको नाटकिए परिवर्तनले सन्तुष्टि मिलेको शर्माको भनाई छ ।

nepal-telecomसेवामा परिवर्तन कसरी आयो ?
गत तिन महिनामा ४० वटा विटिएस हटाई नया“ थ्रिजी जडान गरीको प्रमुख शर्माले बताउनुभयो । जिल्लामा जम्मा ५४ वटा विआईटिएस छन् । बाकि १४ वटालाई पनि विस्थापित गर्ने योजना रहेको शर्माको भनाई छ । ‘अव २ जि छैन भनेपनि हुन्छ’ प्रमुख शर्माले भन्नुभयो, ‘सबै जसोमा ३ जी एड्ज सपोर्ट ईन्टरनेट भर्सन आएको छ ।’ उहाका अनुसार जिल्लाका सिउजा, सैघा, लोहारपानी लगाएतको पहाडि ईलाकामा जि अथावा एच सिग्नल देखाउछ । नेट सजिलो गरी चल्न थालेको छ । भने बजार क्षेत्र सबै स्पिडमा चल्ने थ्रिजी भएको छ ।

एउटा विआईटिएसमा १२ वटा टिआरएस हुन्थ्यो । एउटा टिआरएस बाट आठ जनाले एकैचोटि कुरा गर्न सक्थे । टेलिकमको सिम वितरण व्यापक भएपछि ग्रँहकको चाप बढ्दै गयो । आठ जनाले लिनुपर्ने सेवा नौ दश हुदै बढ्दै गए । फुल रेट भन्दा बढि भएपछि त्यसको क्षमता बाडिदै र कम हुदै गयो । त्यसले फोन लाग्ने तर नबुझिने, आवाज नआउने, अड्केर आउने, नेटवर्क विजी देखाउने र रिचार्ज नहुने लगाएतका समस्या ल्यायो । दक्ष प्राविधिकको अभावमा सेवा ग्रँहीले दुख पाए ।
अहिले नया विआईटिएसमा बढाएर १८ पुगेको छ । पुरानोमा ९६ जनाले फुलरेटमा कुरा गर्न सक्थे भने अब एक सय ४४ जनाले कुरा गर्न सक्ने छन् । नेटसेवा पनि टु जि बाट थ्री जि मा विस्तार गरीएको छ । यस्तो सेवा मध्यपश्चिमा दाङ र प्युठान मात्रै रहेको बताईएको छ । दुवै तिर तिन महिनामै असि प्रतिशत काम सकिएको छ । बाकि तिहार पछि टुंगिने गरी अघि बढाईएको छ । यस अघिका कुनै पनि कार्यालय प्रमुख सम्वन्धित क्षेत्रमा दक्षता हासिल गरेका आएनन् । बिभिन्न तहको बढुवा खादै स्थान ओगटेका हुन्थे । तिनले समस्याको पहिचान गर्न सकेनन् । शर्मा ईञ्जिनियर भएकाले सजिलै समाधान निकाले । छोटो अबधिमा धेरै समस्या बाट सेवाग्राहीहरु मुक्त छन् ।

आगामि योजना
ढिलोमा फागनु भित्र फोर जि सेवा सुचारु गरीने प्रमुख शर्माले जानकारी दिनुभएको छ । फोर जि अफ्सन रहेका मोवाईलहरु बाट सेवा लिन सकिने छ । त्यो सेवा अहिले सम्मका नेटभन्दा स्पिडको हुनेछ । थ्री जि २ एमविपिएस को हुन्छ । भने फोर जि ३० एमविपिएस डाटा चल्छ । डाटाका पारखीलाई निकै सजिलो हुने शर्माले बताउनुभयो । बढि पैसा तिरे पनि सेवा बाट सन्तुष्ट हुने छन् ।

वाईफाई सेवा विस्तार
वाई फाई टाईप गरी १४ सयमा एसएमएस गरेपछि वाई फाई सेवा लिन सकिन्छ । त्यसता सेवाहरु नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय, राप्ती उपक्षेत्रीय अस्पताल र महेन्द्र बहुमुखि क्याम्पस भरतपुर र दामोदरचोकमा चलिरहेको छ । अब तिहार पछि  थप वाई फाई हट स्पोर्ट सेवा बिस्तार गर्न थालिएको शर्माले जानकारी दिनुभयो । त्यस योजनामा न्युरोड, नेपाली सेनाको व्यारेक भरतपुर क्षेत्र, जिल्ला प्रशासन कार्यालय, स्वार्गद्धारी एफएम चोक लगाएतका बढि जनघनत्व भएका क्षेत्रमा राखिने भएको छ । यो कार्य तिहार पछि शुरु भै मंसिर भित्रै सम्पन्न हुने प्रमुख शर्माले बताउनुभयो । त्यसले धेरैका चाहनालाई सम्बोधन गर्ने जनाईएको छ ।

टावर थपियो
नेट सेवा विस्तारका लागि टावर स्थापनामा जोड दिएको टेलिकमले जनाएको छ । प्रमुख शर्माका अनुसार केहि दिन अघि देखि मात्रै बौद्ध गुम्वा, गोग्ली, मावि सौडियार, लमहिको श्रीगाउ, र रामपुरमा टावर बनाई सेवा सुचारु गरीएको छ । त्यसले नेटवर्कमा धेरै सुधार ल्याएको छ । भने अब बन्ने टावरहरु घोराहीको अम्बापुर, सेवार, गैहा्रगाउ, सौडियार र अमेलियामा बन्नेछ । त्यसले नेपाल टेलिकमको धेरै समस्या टर्ने जनाएको छ । एडिएसएल चलाउनेको तार लामो भएमा, पुरानो भएमा बाहेक कुनै समस्या नरहेको बताएको छ । सबै ठाउमा स्पिड देखिएको छ ।

फाईवर सेवा
फाईवर टु द होम सेवा पनि शुचारु भएको टेलिकमले जनाएको छ । पहिलो चरणमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा विस्तार गरीने छ । त्यसले हाई  स्पिड अपटिकल सेवा दिने शर्माले बताउनुभयो । ‘सरकारी कार्यालय सबैमा जडान हुन्छ’ शर्माले भन्नुभयो, ‘सेवा छिटो छ । अरु भन्दा महंगो पर्छ व्यक्ति बाट माग नआउन सक्छ ।’ उहाले जिल्ला कृषि विकास बैक लगाएतले माग गरेको जानकारी दिनुभयो । व्यक्तिले माग गरेपछि सेवा दिन सकिने टेलिकमले जनाएको छ । सबै ठाउमा फाईवर हालीने जनाएको छ ।

रिचार्जको समस्या छैन
बजार भरी ईसेवा प्रभावकारी भएको छ । कार्ड कोतरेर पैसा हाल्नेहरु निकै घटेको घोराही शाखाका बरिष्ठ सहायक शुरेस शर्माले जानकारी दिनुभयो । नङले कोतरेका, भित्तामा दलेका रिचार्जका अंक मेटिएर कार्यालय सम्म पुग्नेहरुछन् । उनिहरुलाई पनि मेशिन बाट पैसाहाल्न सुझाव दिने गरीएको छ । ईसेवा र कार्यालयमा राखिएको मेशिन बाटै रिचार्जको काम चलेको छ । पा“च जनाले लगातार काम गरेर पनि ग्राहक लाईन लाग्नु पर्ने टेलिकमको काउन्टरमा अहिले तिन जना कर्मचारी छन् । उनिहरु पनि काम पाएका हुदैनन् ।  गत असार देखि शुरु भएको केशकस (प्क्ष्इक्प्क्) ले महशुल लिन्छ । बैंकको एटिएम जस्तै नोट छिराएर ग्राहकले तिर्न सक्छ । त्यसले पनि धेरैलाई लाभ दिएको छ । दैनिक चालिस हजार बराबरको मेसिन मार्फत रिचार्जको कारोवार हुने गरेको घोराही शाखा कार्यालय प्रमुख शर्माले जानकारीदिनुभयो ।