काठमाडौं, ११ कार्तिक । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कसैको एकलौटी चल्ने छैन । अबदेखि आयोग सामूहिक निर्णयबाट चल्ने भएको छ । अख्तियारका कार्यबाहक प्रमुख दीप बस्न्यातको अध्यक्षतामा बसेको बैठकले अख्तियारको कामकारबाही सामूहिक निर्णयका आधारमा गर्ने निर्णय गरेको हो ।

akhtiyar-durupayog-anusandhan-aayog-1यसका लागि सातामा दुई दिन बैठक बस्ने बताइएको छ । अहिले निलम्बनमा रहेका प्रमुख लोकमान सिंह कार्कीले पाँच जना आयुक्तलाई भूमिकाविहीन बनाउँदै एकलौटी निर्णय गर्ने गरेका थिए । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की हाल निलम्बनमा छन् र दीप बस्न्यात कार्यबाहक प्रमुख बनेका हुन् ।

बैठकले हप्तामा दुई दिन बार नै तोकर बैठक बस्ने निर्णय भएको र आयोगको निर्णय अब सामूहिक हुने बताइएको छ । कुनै आकस्मिक कदम चाल्नु परेमा भने बैठक आकस्मिक रुपमा बस्न सक्ने आयोगले बताइएको छ ।