प्युठान, ११ कार्तिक । आज प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी रजवारा–८ का सीता परियारको ज्यान गएको हो ।

tacatrबाग्दुलाबाट पुजातर्फ जाँदै गरेको रा १ च १८९७ नम्वरको ट्रयाक्टर बाटोबाट झण्डै ५० मिटर तल खस्दा परियारको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि रजवाराकै काली नेपाली गम्भीर घाइते भएका छन् ।

ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।