काठमाडौं, ११ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन् ।

bआज ट्रक व्यवसायी संघ भक्तपुरको १७ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभइ भारतको इसारामा आएको बताएका हुन् ।

महाअभियोग प्रस्ताव संविधान संसोधनमा एमालेलाई हस्ताक्षर गराउने चाल मात्रै भएको जिकिर गर्दै उहाँले कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संसोधनमा एमालेलाई सहमती गराउने भारतले चलखेल गरेको उल्लेख गरे ।

महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमालेलाई भारतले गोटीको रुपमा प्रयोग गरेको आरोप लगाउँदै उहाँले भारतले चाहे अनुसारको संविधान संसोधनका लागि संसदमा दुई तिहाई बहुमत पुर्‍याउन भारतले एमालेलाई फसाएको तर्क उनको थियो ।